भीमफेदी गाउँपालिका आईसोलेसन सञ्चालनको तयारीमा

हेटौडा न्युज
२ भाद्र २०७७, मंगलवार १८:३०
;

मकवानपुर । मकवानपुरको भिमफेदी गाउँपालिकाले कोरोना संक्रमणको जोखिम बढेपछि आइसोलेसन कक्ष स्थापनाको तयार गरेको छ । कोरोना संक्रमणको जोखिम दिनानुदिन बढ्दै गएपछि बागमती प्रदेशको राजधानी हेटौँडामा समेत संक्रमितहरुलाई राखिने आइसोलेशन कक्ष अपुग भइरहेको सन्दर्भमा भीमफेदी गाउँपालिकाले एक विद्यालयमा आइसोलेशन कक्ष स्थापना गर्ने तयारी गरेको हो ।

हाल भीमफेदी गाउपालिकाको श्री महेन्द्र माध्यमिक विद्यालयमा संचालन भइरहेको क्वारेन्टाइन कक्षलाई आइसोलेशन कक्ष बनाइने र निकट रहेको भीम आधार कम्युनीटी स्कूलमा क्वारेन्टिन कक्ष संचालन गरिने भएको गाउँपालिकाले जनाएको छ ।

आज गाउँपालिकामा बसेको सरोकारवालाहरुको बैठकले उक्त निर्णय गरेको हो ।

आईसोलेशन सञ्चालनका क्रममा अपनाउनुपर्ने सुरक्षा , विरामीको स्वास्थ्य परीक्षण तथा उपचार , सजगता, सुरक्षा तथा सरसफाई, अनुगमन र निगरानीमा कुनै सम्झौता नहुने गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*