च्वाइस नेपालद्वारा थाहानगरलाइ कोरोना परीक्षण सामग्री सहयोग
मकवानपुर । कोरोना परीक्षणमा प्रयोग हुने भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) १ हजार थान थाहानगरलाई उपलब्ध गराईएको छ । डोटेरा हिलिङ ह्याण्ड्स र डोटेरा को–इम्प्याक्टको सहयोगमा च्वाइस नेपालले सो परिमाणको भिटिएम सहयोग उपलब्ध गराएको हो ।
थाहानगरमा अहिले तीन सयवटमात्र भिटिएम रहेको तर कोरोना परीक्षणको दायरा बढाउनु पर्ने अहिलेको अवस्थामा सहयोग वापतको भिटिएमले समुदाय स्तरमा पिसिआर परीक्षण गर्न सहज भएको थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले बताएका छन् ।
पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुवोध चापागाईंले च्वाइस नेपालको कार्यालय बानेश्वरबाट १ हजार थान भिटिएमसहित ५ हजार थान सर्जिकल मास्क, ३ सय थान ९५ मास्क, ५० थान पिपिई सेट लगायत सामग्री बुझेको च्वाईस नेपालका राष्ट्रिय कार्यकारी निर्देशक प्रतिक शर्माले जनाएका छन् ।
सहयोगी संस्था च्वाइस नेपालले थाहानगर भित्र खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि लगायतको क्षेत्रमा कार्य गर्दै आइरहेको बताईउको छ ।