राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो सार्वजनिक गर्ने ६ जना पक्राउ
काठमाडौं । नेपालको राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडियो सार्वजनिक गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नेपालको राष्ट्रिय झण्डा जलाएर म्युजिक भिडियो सार्वजनिक गर्ने सो गीतका गायक सहित ६ जनालाई नियन्त्रणमा लिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले सो गीतको गायक ग्लालेन दोर्जे तामाङलाई भगवानपाउँबाट नियन्त्रणमा लिएको हो। महानगरीय अपराध महाशाखाको टोलीले भिडियो खिच्ने क्यामरा पर्सनलाई मंगलवार नै नियन्त्रणमा लिएको थियो।
सोमबार मंगोल हप अफिसियल नाम च्यानलले युट्युबबाट अपलोड गरेको हो। देशद्रोही बोलको भिडियो हालेको थियो।
भिडियो अपलोड भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ।
सो गीत सार्वजनीक भए लगतै सो गीत सार्वजनीक गर्ने उपर कार्वहीको माग गर्दै प्रहरीमा ७० भन्दा बढि उजुरी परेको छ ।
भिडियो मकवानपुरको बागमती गाउँपालिकाको–३ सल्लेनीको विष्णु आधारभूत विद्यालय नजिकै खिचिएको देखिन्छ।
कानुनअनुसार राष्ट्रिय झन्डा जलाउने तथा गलत प्रयोग गर्नेलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँ जरीवाना वा दुबै कारवाही गर्ने व्यवस्था रहेको छ। गीतमा जातीय सद्भाव बिथोल्ने शब्दहरु पनि प्रयोग गरिएको छ।










