उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १२:१३
;

वीरगञ्ज । उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको भिस्वा बस्ने ५७ वर्षीय पुरूष र विर्ता बस्ने ८४ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपाल टेलिकमका कर्मचारीसमेत रहेका ५७ वर्षीय पुरूषको मंगलबार अपरान्ह नारायणी अस्पतालमा मृत्यु भएको थियो।

अर्का वृद्धको गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा राति मृत्यु भएको जनाईएको छ ।

उनीहरू दुबै जनाको मृत्युपश्चात् कोरोना पोजेटिभ देखिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*