मन्त्री कै मोबाइल चोरियो

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १३:०८
;

ललितपुर ।  प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबको मोबाइल चोरी भएको छ । मन्त्री यादवको ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा रहेको घरबाट चोरी भएको हो ।

हाल उपत्यकामा रहेका मन्त्री यादवको घरको झ्यालबाट भित्र पसेर मन्त्री यादबले प्रयोग गर्ने २ थान मोवाइलसहित नगद दुई लाख रुपैया चोरी गरेर फरार भएको एसपी खबर डटकमले समाचार प्रकाशन गरेको छ ।

घटनापछि मन्त्री यादबले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरीको टोलीले अनुसन्धान सुरु गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*