बाटोको विवादमा कुटपिट हुँदा एक महिलाको मृत्यु

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १५:५७
;

जनकपुरधाम । बाटोको विषयमा भएको विवादले कुटपिटको रुप लिँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्नमा गाउँपालिका–५ कृष्णपुर बस्ने ५० बर्षीया सीतादेवी राउत रहेकी छिन् ।

कुटपिटबाट घाइते भएकी उनको सिराहा जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*