स्रोत नखुलेको ६ लाख ४० हजारसहित २ भारतीय महिला पक्राउ
रौतहट । स्रोत नखुलेको ६ लाख ४० हजार रुपैँयासहित २ भारतीय महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको विहार सितामढी बैरगनिया ग्राम पंचायत–१ सिन्दुरीया बस्ने वर्ष ४५ वर्षीया शान्तिदेवी र सोही ठाउँ बस्ने वर्ष ४५ वर्षीया मिनादेवी रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट असई मनोजकुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले घाँस काट्न भनि आएका २ महिलाको साथबाट स्रोत नखुलेको सो परिमाणको रकम बरामद गरेको जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।










