थप ६ सय ८१ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १६:४६
;

काठमाडौं । नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय २० जना संक्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या १७ हजार सात सय पुगेको छ ।

अहिले ११ हजार १ सय १८ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*