१० किलो गाँजासहित गुरुङ पक्राउ

हेटौडा न्युज
३ भाद्र २०७७, बुधबार १७:१३
;

चितवन । १० किलो गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १६, झनझनेका कुमार गुरुङ रहेका छन् ।

वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले ८५ वटा सुर्तीको प्याकेटमा प्याक गरी राखिएको गाँजासहित गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङलाई जिल्ला अदालत चितवनबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*