हेटौँडाका मेयरको सबारी चालकलाई कोरोना पुष्टि
मकवानपुर। हेटौंडा उपमहानगरपालिकामा कार्यरत एक जना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतको सवारी चालकलाई कोरोना संक्रमण पुष्टी भएको हो।
हेटौंडा–४ कर्रामा रहेको श्रमिक मा.वि.को आइसोलेसन वार्डले दिएको जानकारी अनुसार हेटौंडाको किटजन्य रोग अनुसनधान तथा तालिम केन्द्रमा परिक्षण गर्दा ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज सार्वजनिक भएको २० जना संक्रमित मध्ये मेयर महतको सवारी चालक पनि रहेको जनाइएको छ ।
३८ बर्षीय संक्रमित सवारी चालक हेटौंडा उपमहानगरपालिका निवासी हुन् ।
सबारी चालकलाई संक्रमण पुष्टि भएपछि मेयर महतलाई पनि अहिले होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको छ ।