एक पुजारीको गोली हानी हत्या

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १०:५०
;

रौतहट । रौतहटमा एक पुजारीको गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका–२ खेसरैया बजारस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्या भएको हो ।

उनलाई अज्ञात समूहले बुधबार गोली प्रहार गरेको जनाईएको छ । मन्दिरअगाडि खाना खाने क्रममा साहलाई अज्ञात समूहले कन्चटमा गोली हानी फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनापछि प्रहरीले रातिदेखि नै नाकामा कडाइ गरी ती समूहको खोजी कार्य भईरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*