हाइस दुर्घटना हुँदा ११ जना घाइते

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार ११:२८
;

बैतडी । हाइस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । पाटन नगरपालिका–६ स्थित लामाखेतमा बा ३ ख ९११७ नम्बरको हाइस बुधबार साँझ दुर्घटना भएको हो ।

महेन्द्रनगरबाट दार्चुलातर्फ गइरहेको हाईृस दुर्घटना हुदाँ घाइते भएका मध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई उपचारका लागि धनगढी पठाइएको छ ।

सामान्य घाइते रहेका ९ जनाको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*