सिर्जनात्मक ढंगले तिज मनाउन आग्रह
मकवानपुर । मनहरी गाउँपालिकाले यस वर्षको तिजमा मठ मन्दिर नगई घरमा नै बसेर मनाउन आग्रह गरेको छ । गाउँपालिकाकले कारोना भाइरसको जोखिम बढेकाले प्रशासनले जारी गरेको निषेधाज्ञाका पालना गरी सिर्जनात्मक ढंगले चाडपर्व मनाउन अपिल गरेको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै कोरोना संक्रमण तिब्र रुपमा समुदायस्तरमा फैलनसक्ने भएकोले यस वर्ष बिगतमा झैँ मठ मन्दिरमा नगईकन घरमै बसेर रचनात्मक तथा सिर्जनात्मक तरिकाले तीज मनाउन आग्रह गरेको छ ।

‘इन्टरनेट, सामाजिक सञ्जाल, एसएमएस लगायत माध्यमबाट शुभकामना साँटासाँट गरी सिर्जनात्मक रुपमा तीज मनाउनू’, गाउापालिकाले जारी गरेको सूचनामा उल्येख गरीएको छ ।
निषेधाज्ञा पूर्ण रुपमा पालना गरी भीडभाड हुने काम नगर्न समस्त गाउँपालिका बासीसामु आग्रह गरिएको छ ।










