जातीय विभेद गरी कुटपिट गर्ने चार जना पक्राउ

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १२:४३
;

कालीकोट । जिल्ला प्रहरी कार्यालय कालिकोटले जातीय विभेद गरी कुटपिट गर्ने चार जनालाई पक्राउ गरेको छ । जिल्लाको शुभकालिका गाउँपालिका–८ निवासी पदम कामीको २२ वर्षीय छोरा पंख विकलाई जातीय विभेद गरी कुटपिट गरेको प्रहरीले जनाएको छ ।

शुभकालिका गाउँपालिका– ५ निवासी २६ वर्षीया कमल शाही, २७ वर्षीय युवराज शाही, वडा नं– ६ निवासी २२ वर्षीय अर्जुन शाही, वडा नं– ८ बस्ने १९ वर्षीय दिनेश सेजुवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रमूख डिएसपी श्यामबाबु ओलीयाले जानकारी दिएका छन् ।

मष्टो धवलपुराको मन्दिर दर्शन गर्न जाँदा बीच बाटोमा दलित भएर देवताको दर्शन गर्न जाने भन्दै दुव्र्यवहार गरी कुटपिट गरेको प्रहरीले जनाएको छ ।
उनीहरु विरुद्ध जातीय भेदभाव तथा कुटपिट मुद्धा दर्ता गरी जिल्ला अदालत कालिकोटबाट १५ दिन म्याद थप गरिएको छ । घटना बारे अनुसन्धान सुरु भईरहेको जनाईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*