बकैयाका ७३ जनाको कोरोना रिपोर्ट आयो
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–४ मा कोरोना परिक्षणको लागि संकलन गरिएको स्वाबको रिपोर्ट आएको छ ।
स्वाब संकलन गरिएका ७३ जनाकै रिपोर्ट नेगेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोलाप्रसाद चौलागाईंले जानकारी दिएका छन् ।
हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आएको हो ।
गत साउन ३० गते संक्रमितको परिवारको सदस्यमा कोरोना पुष्टि भए संगै गाउँपालिकाले छिमेकी,सहित स्वास्थ्यकर्मी तथा क्वारेन्टिनमा रहेका ७३ जनाको स्वाब संकलन गरेको थियो ।