कोरोना परिक्षणका लागि हेटौंडामा थप १ सय १ जनाको स्वाब संकलन
मकवानपुर । हेटौंडामा थप १ सय १ जनाको स्वाब संकलन गरिएको छ । हेटौंडा– ४ कर्रा आइसोलेसनका प्रमुख भोला प्रसाद चौलागाईका अनुसार यसअघि संक्रमण देखिएकाको कन्ट्याक्ट ट्रेसिङ, शंकास्पद र अन्य गरी १ सय १ जनाको स्वाब संकलन गरिएको हो ।
संकलन गरिएको स्वाब परीक्षणको लागि हेटौंडा स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा पठाईएको छ ।










