प्रहरीमाथि कोदालो प्रहार
काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ की एक महिलामाथि हातपात गर्ने युवालाई पक्राउ गर्न गएका प्रहरी कुटिएका छन् ।
इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरीमाथि टाटागाउँका २१ वर्षीय टिकाराम ओलीले कोदालोले प्रहार गरेको प्रहरीले जनाएको छ । कोदालोले लागेर घाइते भएका प्रहरी हवल्दारको स्थानीय मिसन अस्पतालमा उपचार भइरहेको छ ।
टिकारामलाई प्रहरीले पक्राउ गरेको छ भने अन्य दुई जना फरार छन् ।










