विप्लव समूहका केन्द्रीय सदस्य र नेता पक्राउ

हेटौडा न्युज
४ भाद्र २०७७, बिहीबार १५:३७
;

सप्तरी । नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा केन्द्रीय सदस्य ४१ वर्षीया उमा भुजेल र सोही समुहका नेता ३१ वर्षीय सुमनसिंह पौडेल रहेका छन् ।

इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले भारदहमा प्रहरीसँग अभद्र गरेको व्यवहारमा उनीहरूविरुद्ध मुद्दा चलाएको छ ।

ती दुई जनालाई जिल्ला अदालत सुनसरीले मङ्गलबार पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेको थियो । नेपाल सरकारले चन्द समूहको नेकपामाथि २०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*