होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु
विराटनगर । होम आइसोलेसनमा बसेका एक कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि होमआइसोलेसनमा बसेका विराटनगर महानगरपालिका–६ सरोचियाका का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।
मृतक पुरुषमा कोरोनाको लक्षण देखिएपछि स्वाब संकलन गरी परिक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि बेड अभावका कारण आइसोलेसनमा भर्ना हुन पाएका थिएनन् ।
विहिबार मृत्यु भएका ती पुरुषमा उच्च रक्तचाप र मधुमेह रोगको समस्या थियो ।
योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ ।










