विश्वभर एकैदिन दुई लाखबढी कोरोना संक्रमित थपिए

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई करोड २२ लाख नाघेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दिएको जानकारी अनुसार विश्वभरीको कुल सङ्क्रमित संख्या दुई करोड २२ लाख ५६ हजार २ सय २० पुगेको छ ।
ती मध्ये दुई लाख ६३ हजार ६ सय १ जना पछिल्लो २४ घण्टामा थपिएको पनि स्वास्थ्य संगठनले जनाएको छ ।
सोही अवधिमा अरु छ हजार ५ सय ५४ जनाको कोरोनाकै कारण मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।
योसँगै अहिलेसम्म विश्वभरी कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या सात लाख ८२ हजार ४ सय ५६ पुगेको छ ।