हेटौंडाका १२ सहित मकवानपुरमा थप २३ जनामा कोरोना पुष्टि
मकवानपुर । हेटौंडाका १२ सहित मकवानपुरमा आज थप २३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । हेटौ्ंडाको किटजनय रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा थप २३ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएका मध्ये हेटौँडा उपमहानगरपालिकाका १२ जना, मनहरी गाँउपालिकाका ८ र बाहिरी जिल्लाका ३ जना गरी २३ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिएका छन् ।
हेटौंडा–४ कर्रामा रहेको श्रमिक मा.विमा रहेको आइसोलेसनले दिएको जानकारी अनुसार हेटौंडा–२ का १ जना, हेटौंडा–४ का २ जना, हेटौंडा–५ का १ जना, हेटौंडा–७ का १ जना, हेटौंडा–९ का १ जना र हेटौंडा–१० का ६ गरी १२ जना, मनहरी–७ का ७ जना, मनहरी–८ का एक जना र बाहिरी जिल्ला बाँकेका एक जना, नुवाकोटका १ जना गरी २३ जनामा कोरोना संक्रमण देखिएको हो ।
प्राप्त जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा हेटौंडा–२ का ६४ वर्षीय पुरुष, हेटौंडा–४ का ५४, ३६ वर्षीय पुरुष, हेटौंडा–५ का की ४७ वर्षीया महिला, हेटौंडा–७ का ३१ वर्षीय पुरुष, हेटौंडा–९ का १२ वर्षीया युवती, हेटौंडा–१० का २८, ३५, ४६, १७ वर्षीय पुरुष र ४३, २७ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।










