खोलाले बगाउँदा १२ वर्षीया बालिकाको मृत्यु
चितवन । लोथरमा खोलाले बगाएर १२ वर्षीया बालिकाको मृत्यु भएको छ । राप्ती नगरपालिका–१३ मा पर्ने स्थानीय सम्झना चेपाङको शुक्रबार मृत्यु भएको हो ।
शुक्रबार आमा सुनिता चेपाङसँग मकै भाँच्न नजिकैको अर्को गाउँ खेताला गएकी उनी साँझ घर फर्कन लाग्दा खोला तर्ने क्रममा आमा छोरी दुवै जना बगीउकी थिईने । केही तल गएर आमा निस्किन सफल भएपनि छोरीको शव तीन सय मिटर तल रहमा स्थानीयले फेला पारेका थिए ।
घटनाको विषयमा सूचना आए पनि पूर्ण विवरण आउँन बाँकी रहेको प्रहरी कार्यालय भण्डाराले जनाएको छ ।