नेकपा नेता नेपालका नौ सु्रक्षाकर्मीमा कोरोना पुष्टि
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका पीएसओसहित नौं सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका नौं जनामा कोरोना पुष्टि भएको जनाईएको छ । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको गौतमले जानकारी दिए ।
संक्रमित सबैलाई आएसोलेसनमा पठाइसकिएको गौतमले बताएका छन् ।










