थप २ जना कोरोना संक्रमितको मृत्यु

हेटौडा न्युज
६ भाद्र २०७७, शनिबार १२:२५
;

पर्सा । वीरगञ्जमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो ।

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, गएराति वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमै अर्का १ संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका–२६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको शुक्रबार राति ८ बजे मृत्यु भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*