८ जनामा कोरोना संक्रमण देखिएपछि मनहरी बजार सिल

हेटौडा न्युज
६ भाद्र २०७७, शनिबार १३:१३
;

मकवानपुर । मनहरी गाउँपालिकाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि मनहरी बजार क्षेत्र सिल गरिएको छ । आज बसेको विपद व्यवस्थापन समितिको आकस्मिक बैठकले मनहरी बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

मनहरीलाई थप संक्रमण बाट जोगाउन मनहरी बजार पूर्वमनहरी खोला पुल ,पश्चिम ईलाका प्रहरी कार्यालय नजिक रहेको खोल्ची ,दक्षिण उद्योग वाणिज्य संघको कार्यालय र उत्तर आँप खोल्ची क्षेत्रलाई सिल गर्ने निर्णय भएको मनहरी गाँउपालिकाका अध्यक्ष गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए ।

आज फेला परेका ८ संक्रमितको परिवार र छरछिमेकको स्वाब संकलन तथा स्वास्थ्य परीक्षणको तयारी भइरहेको उनले जानकारी दिए । कोरोना संक्रमण देखिएकाहरुलाई तत्काल मनहरी– ८ मा रहेको आइईसोलेसन वार्डमा लैजाने काम भइरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*