सामरी खोलाले बगाउँदा सुनारको मृत्यु (अपडेट)
मकवानपुर । मकवानपुरगढी गाउँपलिका– ३ स्थित सामरी खोलाले बगाँउदा ५३ बर्षका लालबहादुर सुनारको मृत्यु भएको छ ।
शनिवार बिहान दूध बेचेर घर फर्कदैँ गर्दा उनलाई सामरी खोलाले बगाएको हो । खोलाले बगाएको करिब ५ सय मिटर तल शव फेला परेको स्थानीयले जनाएको छ ।
सुनार मकवानपुरगढी गाउँपालिका– ५ मा रहेको उज्ज्वल दूग्ध उत्पादक सहकारी संस्थामा दूध बेच्न गएका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिएका छन् ।