कोरोना संक्रमण देखिएपछि हेटौंडाको दुई स्थान सिल
मकवानपुर । कोरोना संक्रमण देखिएपछि हेटौंडाको २ स्थान सिल गरिएको छ । हेटौंडा–४ फरेष्ट्री गेट अगाडिको ओम आयलका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि सो आयल सिल गरिएको छ ।
यस्तै कोरोना संक्रमण देखिएपछि हेटौंडा–४ पारिजातपथको एक घर सिल गरिएको हो ।
संक्रमणको जोखिम रोक्न र स्वास्थ्य सावधानीका लागि संक्रमित फेला परेको क्षेत्र सिल गरेको वडा प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।