कोरोना परिक्षणका लागि स्वाब दिएकाहरु घर बाहिर निस्कन नपाउने

हेटौडा न्युज
६ भाद्र २०७७, शनिबार १६:१०
;

उदयपुर । कोरोना भाईरसको संक्रमण परिक्षणको लागि स्वाब दिएका व्यक्तिहरु घरबाट बाहिर निस्कन नपाउने भएका छन् । जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र उदयपुर र जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको संयुक्त बैठकले स्वाब दिएका र कन्ट्रयाक ट्रेसिङ्गमा आएका व्यक्तिबाट संक्रमण फैलिन सक्ने खतरा रहेको निष्र्कष निकाले पछि स्थानीय प्रशासनले उनीहरुलाई रिर्पोट नआएसम्म बाहिरी आवतजावतमा रोक लगाएको हो ।

स्वाब संकलन पश्चात रिर्पोट नै नआई खुल्लामखुल्ला घर बाहिर निस्कदा संक्रमण बढेको र अझ खतरा हुने संकेत देखिएपछि रिर्पोट नआएसम्म घरमै बस्ने शर्तनामा पछि मात्र पिसीआर परीक्षण गराउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

शर्तनामा उल्लंघन भए संक्रमण रोग ऐन, २०२० वमोजिम कारवाही गर्ने निर्णय भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*