ट्रम्पका पूर्वसल्लाहकार ठगी धन्धामा पक्राउ

हेटौडा न्युज
६ भाद्र २०७७, शनिबार १६:१८
;

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका पूर्व उच्च रणनीतिक सल्लाहकार स्टेभ ब्यानोन पक्राउ परेका छन् ।

मेक्सिको पर्खाल कोषका लागि रकम संकलन अभियानको क्रममा ठगी गरेको भन्दै स्टेभ यही साता पक्राउ परेका हुन् । स्टेभले भने आफू ‘राजनीतिक खेल’को शिकार बनेको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रपति ट्रम्पले २०१६ मा मेक्सिकोमा पर्खाल लगाउनेबारे दिएको अभिव्यक्तिको श्रेय ब्यानोनलाई दिइन्छ ।

बिहीबार भने ब्यानोनले आफूले ठगी सञ्जालको षड्यन्त्र गरेको र मुद्रा अपचलनको आरोप अस्वीकार गरे । ६६ वर्षीय ब्यानोन ५० लाख अमेरिकी डलर जमानतमा छुटेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*