चितवनको परीक्षणमा मकवानपुरका थप १० जनामा कोरोना पुष्टी
मकवानपुर । आज फेरि मकवानपुरका १० जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ ।
चितवनमा गरिएको परीक्षणबाट हेटौँडा–६ का ३ बर्षिया बालिकासहित ४ महिला र ६ बर्षीय १ बालक रहेका छन् ।
त्यस्तै हेटौँडा–९ का ३० र ६० बर्षीय दुईजना पुरूष , हेटौंडा–३ का २४ बर्षीया महिला र मनहरी गाउँपालिकाकी ६० बर्षीया एक महिला र ३७ बर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा परीक्षण भएको थियो ।










