नेपालमा कुल संक्रमितको संख्या ३१ हजार नाघ्यो

हेटौडा न्युज
६ भाद्र २०७७, शनिबार १६:३४
;

काठमाडौं । नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा १ सय ८२ महिला र ४ सय ५२ जना पुरुषमा संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।

पछिल्लो २४ घण्टा १ सय ३६ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै संक्रमणमुक्त हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*