लायन्स मकवानपुर डायमण्डको आइसोलेसनलाई पानी सहयोग

मकवानपुर । हेटौंडा–६ गौरिटारमा रहेको आइसोलेसन वार्डलाई लायन्स क्लब अफ मकवानपुर डाइमण्डले ५० काटुन पानी सहयोग गरेको छ ।
सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिठान अन्तर्गतको हेटौंडा अस्पताल र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा संचालित सो आइसोलेसनमा बस्दै आएका कोरोना संक्रमितका लागि सो पानी सहयोग गरिएको हो ।
आइसोलेसनमा पानीको समस्या नहोस भन्ने उद्देश्यका साथ पनि सहयोग गरिएको क्लबका अध्यक्ष गौतम केसीले बताए ।
केही दिन अघि मात्र आइसोलेसनमा रहेका संक्रमितका लागि पानी अभाव भएको समचार बाहिर आएको थियो ।