भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौं । बारामा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । निजगढ नपरपालिका–१ पिपलटारका ५७ वर्षीय प्रेमबहादुर स्याङतान र उनका ३३ वर्षीय छोरा जनकबहादुर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
लोड भएको दुई नाल भरुवा बन्दुक, बन्दुकमा प्रयोग गरेको ३५ टुक्रा छर्रा, ७ टुक्रा र आधा बोतल बारुद प्रहरीले बरामद पनि गरेको छ ।