अत्यावश्यक सामग्री भन्दै रक्सी ओसार्ने पक्राउ

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार १०:०७
;

तनहुँ । कोरोना संक्रमण भएसँगै देशका भेरै स्थानमा निषेधाज्ञा, लकडाउन लगाईएको छ । निषेधाज्ञा जारी गरिएपछि अत्यावश्यक क्षेत्र अस्पताल औषधि पसल, दुध, खाद्यान्न, सञ्चार जस्ता क्षेत्रबाहेक सबै क्षेत्र प्रायः ठप्प छ । तर तनहुँमा भने निषेधाज्ञाका समयमा अत्यावश्यक वस्तु खाद्यान्न ढुवानी लेखेर रक्सी ओसार्ने १ जनालाई प्रहरीले हिजो पक्राऊ गरेको छ ।

प्रहरीले बन्दिपुर वडा नम्बर–१ डुम्रेको भट्ट किराना पसलका सञ्चालक नन्दलाल भट्टलाई पक्राऊ गरेको छ । आफ्नो किराना पसलबाट रक्सी लिएर पुर्याउन जाने क्रममा भानु नगरपालिका वडा नम्बर–१३ चन्द्रावती भन्ने स्थानबाट भट्टलाई पक्राउ गरेको जनाईएको छ ।

सवारी सहित पक्राऊ परेका उनलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रशासन कार्यालय दमौलीमा पठाईएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज तिमल्सिनाले जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*