कोरोना संक्रमणबाट हेटौंडामा थप एक जनाको मृत्यु

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार ११:०२
;

मकवानपुर । कोरोना संक्रमणबाट हेटौंडामा थप एक जनाको मृत्यु भएको छ ।शनिबार हेटौंडा–३ की ६५ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भए संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

स्वस्थ्यमा समस्या देखिएपछि साउन ३२ गते भर्ना भई उपचारको क्रममा रहेकी उनको शनिबार स्वाब संकलन गरिएको थियो ।

उनको रिपोर्ट नआँउदैँ शनिबार मृत्यु भएको भरतपुर अस्पतालले जजनाएको छ ।

यो सँगै मकवानपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*