बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवक पक्राउ
महोत्तरी । बोक्सीको आरोपमा महिलालाई कुटपिट गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको सम्सी गाउँपालिका–७ जावद टोलमा बोक्सी भएको आरोप लगाउँदै महिलामाथि कुटपिट गरेको आरोपमा २४ वर्षका कृष्ण यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रबार राति कुटपिटबाट घाइते महिलाको जनकपुरमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










