सर्पको टोकाइबाट एक जनाको मृत्यु

महोत्तरी । बर्दिबास नगरपालिका–९ मा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । सर्पको टोकाईबाट ५० वर्षीय फौदार महतोको मृत्यु भएको हो ।
आइतबार बिहान आफ्नै घरमै रहेको पसलमा गोमनले हात्केलामा टोकेको उनको मृत्यु भएको स्थानीयले जनाएको छ ।
सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बर्दिबास पुर्याइएको र त्यहाँ भर्ना लिन नमानेपछि सिरहको बन्दीपुरमा रहेको सर्पदंश उपचार केन्द्र पुर्याइएको थियो । उनको त्यहीं उपचारको क्रममा मृत्यु भएको हो ।