एक थुनुवासहित पाँच प्रहरीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जमा राखिएका एक थुनुवासहित पाँच जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
अभियुक्तलाई संक्रमण देखिएपछि गरिएको कन्ट्याक ट्रेसिङका आधारमा ५ जना प्रहरीलाई पनि संक्रमण देखिएको छ । संक्रमित सुरक्षाकर्मीहरुलाई नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।
अभियुक्तलाई भने नेपाल मेडिकल कलेज, जोरपाटी भर्ना गरिएको छ ।