लागूऔषध गाँजासहित तीन जना पक्राउ

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार १४:०६
;

चितवन । लागूऔषध गाँजासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ट्रक चालक धादिङ थाक्रे गाउँपालिका–३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ, ट्रकमा सवार सोही ठाउँका २१ वर्षीय दोर्जे तामाङ र भरतपुर महानगरपालिका–२४ का ६१ वर्षीय पदमबहादुर तामाङलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीको विशेष टोलीले भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको बा३ख ७९५८ नम्बरको ट्रक रोकेर चेकजाँच गर्ने क्रम्मा ५२ किलो १२५ ग्राम गाँजा बरामद गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*