आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार १४:३०
;

सर्लाही । आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । लालबन्दी नगरपालिका २, पुनर्वास टोल बस्‍ने ३२ वर्षीय राजवीर पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

पासवानले मादक पदार्थ सेवन गरी ५० वर्षीया आमा उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्‍गा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको थियो ।
टाउकोमै चोट लागी सख्त घाइते भएका बाबु उपेन्द्रको मनीषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*