बाग्मती नदीमा ३ बालिका डुबेर बेपत्ता
रौतहट । बाग्मती नदीमा ३ जना बालिका डुबेर बेपत्ता भएका छन् ।
रौतहटको धर्मपुरमा रहेको नदीमा गढिमाई नगरपालिका–७ कि १० वर्षकी पिंकुकुमारी मुखिया, १२ वर्षकी सुजिता कुमारी दास र १० वर्षकी चञ्चलकुमारी मुखिया बेपत्ता भएका हुन् ।
डुबेका बालिकाहरुको खोजीका लागि स्थानीय वासिन्दा, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।










