स्वदेश फिर्ता हुने १५ हजार नेपालीको नामावली सार्वजनिक
काठमाडौं । विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाईरसका कारण साउदी अरेबियामा स्वदेश फिर्ता हुने नेपाली अलपत्र परेका छन् ।
दुतावास रियाद र वाणिज्य दुतावास जेद्धाले हालसम्म स्वदेश फिर्ता हुनको लागि १५ हजार ७ सय ८० जनाको नामावली सार्वजनिक गरेको छ ।
त्यसमध्ये चार्टर उडानबाट ७ हजार ८ सय १२ जनाले यात्रा गरेका छन् भने बाँकी अलपत्र परेका छन् ।
सरकारले साउदीको हकमा हवाइ टिकट मूल्य ७० हजार क्वारेन्टाइनको लागि होटलको न्युनतम १० हजार ५ सय निर्धारण गरेको छ ।