चिर्पट प्रहार गरी यादवको हत्या
परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–८ मा चिरपट प्रहार गरी एक जनाको हत्या गरिएको छ । चिरपट प्रहार गरी सोही स्थानीय ४० वर्षीय अर्जुन यादवको हत्या भएको हो ।
यादवको आपसी झगडाको क्रममा चिरपट प्रहार गरी छिमेकीले हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा थप अनुसन्धान गर्न छिमेकी २ जनालाई नियन्त्रणमा लिइएको जनाईएको छ ।