बुवासहित दुईजनालाई खुकुरी प्रहार गर्ने परियार पक्राउ

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार १५:३६
;

उदयपुर । बुवासहित दुईजनालाई खुकुरी प्रहार गरी बेपत्ता भएका रौतामाई गाउँपालिका ७ पाखाटोलका २६ वर्षीय खम्बसिंह परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार राती धामीझाक्री राख्ने क्रममा विवाद उत्पन्न भएपछि ५८ वर्षीय बुवा गंगाबहादुर परियार र त्रियुगा नगरपालिका ७ ज्यामिरेका ५५ वर्षीय धामी जुद्धबहादुर मगरलाई खुकुरी प्रहार गरी परियार बेपत्ता भएका थिए ।

घटना लगत्तै फरार रहेका उनलाई प्रहरीले पाखोटोलको जंगलमा लुकिछिपी बसेको सूचनाका आधारमा घेरा हालेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*