क्वारेन्टिनबाट घर पठाइएका एक पुरुषको मृत्यु
दाङ । क्वारेन्टिनबाट घर पठाइएका एक जनाको मृत्यु भएको छ । प्यूठान ऐरावती गाउँपालिका– ५ गोठीवाङ निवासी ४५ बर्षीय विनोद भण्डारीको मृत्यु भएको हो ।
प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार साउन २९ गते घोराही क्वारेन्टिनबाट घर पठाइएका उनको शनिबार श्वासप्रश्वासमा समस्या भएपछि उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको लागी भर्ना गरिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको हो ।










