हातहतियार र लागुऔषध कारोबार गर्ने गिरोहका मुख्य नाइके पक्राउ
काठमाडौं । हातहतियार खरखजना तथा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । बिहार बस्दै आएका ३९ वर्षका बग्गा भन्ने प्रदीप यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
विराटनगर महानगरपालिका १६ दरैयाबाट लागुऔषध १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाइट्रोसन र ५१ चक्की नाइट्राभेटसहित शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यादव भारतमा बसी नेपालका केही जिल्लामा अवैधरुपमा हातहतियार तथा लागुऔषधको कारोबार सञ्जाल विस्तार गरी आपराधिक कार्य गर्ने गिरोहका मुख्य नाइके रहेको खुल्न आएको छ ।
थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।