हेटौंडाका थप १६ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । हेटौंडामा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडाको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरिएको परिक्षणमा थप १६ जनामा कोरोना पुष्टि भएको हो ।
साउन ३२, भदौ १ र २ गते लिएको स्वाबको १६ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईले जानकारी दिएका छन् ।
प्राप्त जानकारी अनुसार संक्रमितहरु हेटौंडा–४ का ९, २८ र २२ वर्षीयका पुरूष गरि ३ जना, हेटौंडा–५ का ५०, ६८, ४०, ४३ वर्षीय पुरूष र ४८ वर्षीया महिला गरि ५ जना, हेटौंडा–८ का ४१ वर्षीय १ पुरूष, हेटौंडा–९ का ३८ वर्षीय पुरूष र ३७ वर्षीया महिला गरि २ जना, हेटौंडा–१० का ४७ वर्षीय २ पुरूष र ३७ वर्षीया महिला गरि ३ जना, हेटौंडा–११ का ६३ वर्षीय पुरूष र ९३ वर्षीया महिला गरि २ जना रहेका छन् ।