सरकार आईसीयू बेड र भेन्टिलेटर माग्दै
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि बेड र भेन्टिलेटर अभाव भएपछि सरकारले निजी अस्पतालसँग दुई सय वटा आईसीयू बेड र एक सय थान भेन्टिलेटर माग गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आइतबार भएको छलफलमा एसोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युट अफ नेपाल अफिनसँग दुई साताको लागि सो परिमाणको आइसियु बेड र भेन्टिलेटर माग गरेको हो ।
यस्तै मन्त्रालयले एक हजार साधारण शय्या उपलब्ध गराइदिन नर्भिक अस्पताललाई अनुरोध समेत गरेको छ ।