दाहसंस्कार गर्ने बेलामा कोरोना पोजेटिभ रिपोर्ट आएपछि मलामी भागाभाग

हेटौडा न्युज
७ भाद्र २०७७, आईतवार १९:००
;

बुटवल । रूपन्देहीका एक पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । रोहिणी गाउँपालिका–३, धकधईका ५३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार उपचारका लागि लैजाँदै गर्दा भारतको नौतनवामा मृत्यु भएको थियो ।

मृत्युपछि उनको शब नेपाल ल्याएर बुटवलको नेशनल प्याथ ल्याबमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।

पुरुषको शवलाई आइतबार मध्यान्ह परिवारजनले दाह संस्कार गर्ने अन्तिम तयारी गरेका बेला यो खबर पुगेपछि घाटमा पुगेका मलामीको पनि भागाभाग भएको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*