हेटौंडामा भदौ १५ गतेसम्म थपियो निषेधाज्ञा

हेटौडा न्युज
८ भाद्र २०७७, सोमबार १२:०६
;

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी भदौ १५ गतेसम्म निषेधाज्ञा थप गरेको छ । आज बसेको कमाण्ड पोष्टको बैठकले १५ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

गत साउन २६ गतेबाट जारी गरिएको निषेधज्ञा भदौ ९ सम्म कायम गर्ने निर्णय गरिएको थियो । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गईरहेको कारण यसको नियन्त्रण र रोकथाको लागि आजको बैठकले भदौ ९ गतेबाट १५ गतेसम्म निषेधज्ञालाई कायम राख्ने निर्णय गरेको हो ।

निषेधज्ञाको क्षेत्र हेटौँडाको सबै वडा तथा मनहरी गाउँपालिकामा पर्ने राजमार्गको क्षेत्रहरु हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*